बाइडनले १२२ इलेक्टोरल भोट जितेका छन् भने ट्रम्पले ९२ भोट

१९ कार्तिक २०७७, बुधबार ०८:३९

एजेन्सी , अमेरिकामा मंगलवार सम्पन्न राष्ट्रपति निर्वाचनमा बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना प्रतिद्वन्द्वी जो बाइडनसँग पछि परिरहेका छन् ।

अहिलेसम्मको परिणाम अनुसार, बाइडनले १२२ इलेक्टोरल भोट जितेका छन् भने ट्रम्पले ९२ भोट पाएका छन् ।

ट्रम्पले नर्थ डकोटा, साउथ डकोटा, वायोमिङ, लुइजियाना, केन्टकी र नेब्रास्का राज्य जितेका छन् । इन्डियानामा पनि उनी अघि छन् ।

बाइडनले डिस्ट्रिक्ट अफ कोलम्बिया, न्युयोर्क र न्यु मेक्सिको जितेका छन् । राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल भोट जित्नुपर्ने हुन्छ ।