सुनको मूल्य चार सय रुपैयाँले बढ्यो

१८ कार्तिक २०७७, मंगलवार १३:१०

काठमाण्डौ , सुनको मूल्य आज चार सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ थियो ।