एक वृद्ध सेती पुलमा मृत अवस्थामा भेटिए

१८ कार्तिक २०७७, मंगलवार १०:४७

प्रतिकात्मक तस्वीर

डोटी, डोटीको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा एक वृद्ध सेती पुलमा मृत अवस्थामा भेटिएका छन् ।

गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद सेती पुल नजिक मृतावस्थामा भेटिएका हुन् ।

मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले जानकारी दिनु भयो ।

घरपरिवारका सदस्य कोही पनि नभएका मृतक साउदको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ । उनको मृत्युको कारण खुलेको छैन ।