
काठमाडौँ , प्रतिष्ठित व्यवसायी तथा प्रतिनिधि सभाका सदस्य माननिय सुर्य बहादुर केसीको गएराती १०ः३० बजे पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको छ।
उच्च रक्तचाप र मधुमेहबाट ग्रसित उहाँ ६३ वर्षका हुनुहुन्थ्यो ।
राप्रपा पार्टीबाट राजनीतिमा प्रवेश गर्नु भएका उहाँ गत निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । उहाँ नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद हुनु भएको थियो ।
हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउ लगायत एक दर्जन बढी हाईड्रोलगायतमा उहाँको लगानी रहेको छ।
