अर्थतन्त्रमा गम्भिर संकुचन देखा परेको छः अर्थमन्त्री पौडेल

१५ कार्तिक २०७७, शनिबार १७:४९

काठमाडौं , अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै अवस्थामा फर्काउन चुनौतिपूर्ण रहेको बताउनु भएको छ ।
उहाँले कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताउनु भयो । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भिर संकुचन देखा परेको बताउनु भयो ।

कोभिडको कारण देखा परेको संकुचनलाई पुरानै अवस्थामा फर्काउन चुनौतिपूर्ण भएपनि आफूले अधिकतम प्रयास गर्ने उहाँले बताउनु भयो । स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ अर्थमन्त्री पौडेलले जोड दिनु भयो ।