थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

१४ कार्तिक २०७७, शुक्रबार १६:३६

काठमाडौं, शुक्रबार देशभर थप ३५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएको छ।

१४ हजार नौ सय ८९ जनाको नमुना परीक्षण गर्दा थप ३५ सय १७ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।संक्रमितमध्ये काठमाडौं उपत्यकाका १८ सय ८८ जना रहेका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ।

त्यस्तै, शुक्रबार चार हजार ९६ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनमुक्त हुनेको संख्या एक लाख २८ हजार नौ सय ५८ पुगेको छ।मन्त्रालयका अनुसार कोरोनामुक्त हुने दर ७६.७ प्रतिशत रहेको छ।हाल देशभर ३८ हजार तीन सय ५७ जना सक्रिय संक्रमित रहेका छन्।