सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको मृत्यु

१४ कार्तिक २०७७, शुक्रबार १०:२६

बुटवल , सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका–३ भुजुङेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिहीबार साँझ मृत्यु भएको हो ।

अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । अस्पतालको लापर्बाही र उपचार प्रक्रिया गलत भएको भन्दै मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै अस्पताल गेट अगाडि जम्मा भएर विरोध जनाएका छन् ।