दशैंको पाँच दिनमा सवारी दुर्घटनामा ४३ जनाको मृत्यु

१४ कार्तिक २०७७, शुक्रबार १०:१९

काठमाडौं, हिन्दूहरुको महान चाड दशैं सुरु भएको ५ दिनभित्र सवारी दुर्घटनामा परी ४३ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिनको अवधिमा मात्र सातवटै प्रदेशका विभिन्न ठाउँमा भएका ३ सय ३४ वटा सवारी दुर्घटनामा परेर ४३ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार दुर्घटनामा परेर ५ सय २९ जना घाइते भएका छन् ।

यसै अवधिमा जबरजस्ती करणीका ४ वटा, कर्तव्य ज्यानमुद्दा ११ वटा र चोरीका १६ घटना भएका छन् ।