फ्रान्समा देशव्यापी लकडाउन घोषणा

१३ कार्तिक २०७७, बिहीबार ०९:३९

एजेन्सी, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन्। कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि फ्रान्सले यस्तो निर्णय लिएको हो। दोस्रो पटक घोषणा गरिएको लकडाउन नोभेम्बर भर लागु हुने जनाइएको छ।

म्याक्रोले शुक्रबार राष्ट्रका नाममा सम्वोधन गर्दै लकडाउनका नयाँ प्रतिवन्धका बारेमा जानकारी दिए। मानिसहरुलाई जरुरी काम र स्वास्थ्य सम्वन्धी कामका लागि मात्र घरबाट बाहिर निस्कने अनुमति दिइएको छ। रेस्टुरेन्ट, बारहरु बन्द रहने छन्। तर स्कुल, उद्योग भने खुला रहने छन्।

फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अप्रिल पछि अहिले सबैभन्दा उच्च रहेको छ। मंगलबार ३३ हजार नयाँ संक्रमित थपिएका छन्।