रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

१२ कार्तिक २०७७, बुधबार १६:२७

बुटवल , रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–३ खजहानाका ५२ वर्षका पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पतालको आईसीयूमा भर्ना भएकामा उपचारका क्रममा मंगलबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा नारायण पोखरेलले पुष्टि गर्नु भयो ।