जसपा सांसदहरूको मासिक १५ हजार लेवी तोकियो

१२ कार्तिक २०७७, बुधबार १६:२०

काठमाडौं , जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसदहरूको मासिक लेवी तोकिएको छ । केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय सांसदहरूसँग जनही १५ हजार रुपैयाँ लेवी लिने निर्णय भएको हो ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकरण भएर बनेको जसपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ जना सांसद छन् ।

केन्द्रीय कार्यकारी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद र राष्ट्रिय समितिका सदस्यहरूको २५० देखि एक हजार रुपैयाँ मासिक लेबी तोकिएको छ ।