
काठमाडौं , कोरोना सङ्क्रमणका कारण पूर्वसभासद तथा संविधान सभाका सदस्य मानपुर चौधरीको निधन भएको छ ।
सप्तरी कञ्चनरुपा नगरपालिका ४ जगतपुरका चौधरीको कोरोना सङ्क्रमणका कारण मङ्गलबार निधन भएको नेकपाले जानकारी दिएको छ । उनी नेकपाका प्रदेश नम्बर २ कमिटीका सदस्य पनि हुन् ।
