दैलेखमा सवारी दुर्घटना हुँदा ३ को मृत्यु, ३ गम्भीर घाइते

४ कार्तिक २०७७, मंगलवार १७:३२

दैलेख , गुराँस गाउँपालिकाको बान्द्रे र तल्लो डुगेश्वरमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो गुराँस गाउँपालिकाको बान्द्रेमा बा–४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना गम्भीर घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको र घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार टिपर सडकबाट करिब ९ सय मिटर तल लोहोरेखोलामा खसेको छ ।