
काठमाडौं , मंगलबार देशभर ३ हजार ५५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ३ हजार ५०३ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या १ लाख १५ हजार ३५८ जना पुगेको छ । पछिल्लो पटक मंगलबार ३ हजार ५५६ जना संक्रमित थपिएका हुन् । यसैगरी ७८ हजार ७८० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ५०३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यसैगरी काठमाडौं उपत्यकामा पनि २ हजार १२९ जना नयाँ संक्रमित थपिएका छन् ।
काठमाडौंमा १ हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरि जम्मा २ हजार १२९ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ६६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको हो ।
