
काठमाडौं , बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनु भयो । उनमा उच्च रक्तचापको पनि समस्या थियो ।यही असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
