विराटनगर , सुनसरीको धरान उपमहानगरपालिकामा दुई युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार धरान १ पुरानो बजारबाट लागु औषधसहित २३ वर्षीय गणेश राउत र ४३ वर्षीय निरज भट्टराई पक्राउ परेका हुन् ।
धरानस्थित इलाका प्रहरी कार्यालयले सुराकीका आधारमा दुवैजनालाई उनीहरु बसेको कोठाबाट लागुऔषधसहित बिहीबार राती पौने ९ बजे नियन्त्रणमा लिएको हो।
यसक्रममा प्रहरीले कोठाबाट डाइलेक्सडिसी २० बोतल, स्पामो टोक्सिभन ३ सय ६ क्याप्सुल, नाईट्रोजन ४ क्याप्सुर र ९७ हजार रुपैया बरामद गरेको थियो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान र कानूनी कार्वाही अघि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिनु भयो ।