
अर्घाखाँची, सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको बीउ वितरण सुरु गरेको छ।
कृषकको मागका आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, काउली, ब्रोकाउली, प्याज र केराउको बीउ वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनु भयो ।
कृषकलाई बीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषिको विकासबिना आर्थिक समृद्धि सम्भव नभएको बताउनु भयो ।
उपप्रमुख ठाकुरकुमार विकले कृषि पेशालाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन सबैलाई आग्रह गर्नु भयो ।
