
काठमाडौं, दिवंगत कलाकार केशव भट्टराईको परिवारलाई ३४ लाख रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष भट्टराईको गत २९ मंसीरमा हृदयघातका कारण निधन भएको थियो।
उहाँको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले बोर्डका पूर्वअध्यक्ष राजकुमार राई संयोजकत्वको समिति गठन गरिएको थियो। समितिले देश विदेशबाट संकलन गरेको रकम भट्टराई पत्नी नीतालाई हस्तान्तरण गरेको हो।
बोर्डका वर्तमान अध्यक्ष दयाराम दाहालको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको छ।
