१९५४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु

१२ कार्तिक २०७७, बुधबार १६:३८

काठमाडौं , पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका संक्रमित एक हजार ९५४ जना भेटिएका छन्। 

बुधबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये हालसम्म एक लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भइसकेका छन्। बुधबार २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ।

मन्त्रालयको तथ्यांक अनुसार, कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ।