राप्रपा वरिष्ठ नेता दिपक बोहरालाई कोरोना संक्रमण

२ कार्तिक २०७७, आईतवार १७:२०

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरालाई कोरोना संक्रमण पुष्टि भएको छ । बोहराको पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजेटिभ आए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण भने नरहेको बोहराका राजनीतिक सल्लाहकार निराजन बमले बताउनु भएको छ ।

पूर्वमन्त्री बोहरासंगै उहाँको श्रीमती प्राज्ञ उन्नति बोहरा ‘शिला’ लाई समेत कोरोना संक्रमण पुष्टि भएको बमले जानकारी दिनु भयो । उहाँलाई पनि कोरोनासम्बन्धि कुनै लक्षण देखिएको छैन् । संक्रमण पुष्टि भएपछि उहाँहरु होम आइसोलेशनमा बस्नु भएको छ ।
पूर्वमन्त्री बोहराले आफुसंग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह समेत गर्नु भएको छ ।