मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

१५ आश्विन २०७७, बिहीबार १६:०५

प्रतीकात्मक तस्बिर

दाङ, रोल्पामा मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं १ घोडागाउँ निवासी ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्का अनुसार नेपालीले बिहीबार बिहान ११ बजेतिर मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेको थियो।