नवनियुक्त मुख्य सचिव बैरागीलाई परराष्ट्रको बिदाई

१५ आश्विन २०७७, बिहीबार १६:२२

काठमाडौं , नवनियुक्त मुख्य सचिव शंकरदास बैरागीलाई परराष्ट्र मन्त्रालयले बिदाई गरेको छ। परराष्ट्र सचिव रहनु भएका बैरागीलाई बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयसँगै मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बैरागीलाई बिदाई गर्नु भएको हो । परराष्ट्र मन्त्रालयमा रहँदा बैरागीले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै मन्त्री ज्ञवालीले नयाँ जिम्मेवारीमा पनि सफल हुने शुभकामनासहित विश्वास ब्यक्त गर्नु भएको छ ।