गैंडा लखेट्न खोज्दा करेन्ट लागेर चितवनमा एकको मृत्यु

१८ आश्विन २०७७, आईतवार ०९:३६

चितवन, चितवनको माडीमा गैंडा धपाउन खोज्दा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।

माडी नगरपालिका–६ हरिनगरका ६० वर्षीय सुकदेव महतोको गैंडा धपाउन खोज्दा वन्यजन्तु धपाउनका लागि बिच्छाइएको तारको करेन्ट लागेर मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।