संक्रमितले लोक सेवाको परीक्षा दिन नपाउने

२६ आश्विन २०७७, सोमबार ०८:५३

काठमाडौं , लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने भएका छन् । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।

सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि आग्रह गरेपछि आयोगले परीक्षा लिने तयारी गरेको छ । लोक सेवाले परीक्षामा सामेल हुन पुरुषका लागि उमेर हद ३५ र महिलाका लागि ४० वर्ष तोकेको छ । संक्रमित वा संक्रमितको सम्पर्कमा आएका कतिपय व्यक्तिको उमेर हद पूरा हुने अवस्था पनि हुन सक्छ । गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै छ । कान्तिपुरमा खबर छ ।