मूलपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

३० आश्विन २०७७, शुक्रबार ०८:३२

काठमाण्डौ , मूलपानीमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका सिंहबहादुर तामाङको मृत्यु भएको छ ।

गएराति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल मूलपानी क्रिकेट मैदानमा दुर्घटना हुँदा घाइते भएका सिन्धुपाल्चोकको बतासे घर भई काठमाण्डौ बस्दै आएका ४२ वर्षका तामाङको उपचारको क्रममा शंखरापुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।