धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२९ आश्विन २०७७, बिहीबार १६:१७

काठमाडौं , सुनसरीको धरानमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ७ की ६३ वर्षीया महिलाको बिहीबार बिहान सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उनी यही असोज २१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड१९ अस्पतालमा भर्ना भएकी थिइन । उनलाई २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिला निमोनिया र हृदय रोगको बिरामी थिइन् ।