गृहले माग्यो १०० जना दर्ता अपरेटर

१३ कार्तिक २०७७, बिहीबार ११:२३

काठमाडौं , राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय कर्मचारी माग गरेको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दर्ता अपरेटर पदमा करारमा १ सय कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक नेपाली नागरिकहरुले कार्तिक १३ गतेदेखि १५ सम्म अनलाइनबाट फाराम भर्न सक्ने छन् । यहाँ क्लिक गरी युजर आईडी बनाएर अनलाइन दरखास्त फाराम पेश गर्न सक्ने छन् ।

यसको लिखित परीक्षा मंसिर १३ गते हुनेछ । यसमा फाराम भर्दा कुनै शूल्क लाग्ने छैन् । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको जानकारी दिएको छ । साथै कम्प्युटर सम्बन्धि ज्ञान प्राप्त गरेको हुनुपर्नेछ ।