कोरोनाबाट हेटौंडाका दुई वृद्धको मृत्यु

२९ आश्विन २०७७, बिहीबार १६:०७

हेटौडा , हेटौंडा उपमहानगरपालिका—९ का कोरोना संक्रमित दुई जना वृद्धको बुधबार राति मृत्यु भएको छ । एक जनाको चितवनस्थित मेडिकल कलेजमा र अर्का एक जनाको घरमै मृत्यु भएको वडाध्यक्ष लक्षमणप्रसाद भण्डारीले बताउनु भयो । उहाँका अनुसार बुधबार साँझ ७७ वर्षीय वृद्धको घरमै मृत्यु भएको हो भने ६८ वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।