कर्मचारीलाई कोरोना देखिएपछि दाङ प्रशासन बन्द

दाङ , जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ ।

कर्मचारीलाई शान्ति सुरक्षा र मुद्दाबाहेक अन्य सबै सेवा असोज २५ गतेदेखि ३० गतेसम्मको लागि बन्द गरिएको हो ।

प्रशासकीय अधिकृत अम्मरराज शर्माले आइतबार एक विज्ञप्तीमार्फत यस्तो जानकारी दिनु भएको हो ।

कार्यालयका एकजना कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि अन्य केही कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा सेवा बन्द गर्नु परेको जानकारी दिइएको छ ।


प्रकाशित | २०७७ आश्विन २५ प्रकाशित १७:४९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ