काठमाडौं , बाग्मती प्रदेशकी प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ ।प्रतिनिधि सभा सदस्य विरोध खतिवडाकी धर्मपत्नी तथा पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाकी आमा समेत रहनु भएकी सिग्देलले आफूलाई कोरोना संक्रमण भएको फेसबूकमार्फत् जानकारी गराउनु भएको छ ।

सामान्य रुघाखोकी लागेपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको भन्दै उहाँले फेसबूकमा लेख्नु भएको छ ।
म अहिले काठमाडौंमा छु । आश्विन ५ गते हेटौंडाबाट आएको । सामान्य रुघाखोकी लागेकाले पीसीआर टेस्ट गराएँ । रिपोर्ट पोजेटिभ आएकाले घरमै सेल्फ आइसोलेसनमा छु । मेरो अस्था सामान्य रहेको छ ।
