
काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा जोरबिजोरको नियम उल्लंघन गर्ने ११ सय सवारी साधनलाई कारवाही गरेको छ ।
पछिल्लो समयमा कोरोना भाइरसको महामारी बढ्दै गएको समयमा जोरबिजोर प्रणाली उल्लघंन गर्ने मोटरसाइकल, कार, बसलगायतलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको हो ।
बिहानदेखि दिउँसो १२ बजेसम्ममा १ हजार १ सय सवारी साधनलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले बताउनु भयो ।
