पर्खाल भत्किएर गोठ पुरिँदा दुई भाइको मृत्यु

२७ भाद्र २०७७, शनिबार १४:४२

रोल्पाः गएराति पर्खाल भत्किएर गोठ पुरिँदा दुई भाइको मृत्यु भएको छ। पूर्वी रोल्पाको लुंग्री गाउँपालिका १ पाङ ऐपे गाउँमा पुरिएर दुई बालकको मृत्यु भएको हो।लुंग्री गाउँपालिका अध्यक्ष दुर्गा खड्काका अनुसार गोठमा सुतिरहेका ज्ञानसिंह घर्ती मगरका दुई छोराको पुरिएर मृत्यु भएको हो।

मृत्यु हुनेमा ११ वर्षका युवराज र ८ वर्षका अमर घर्ती मगर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिनु भयो ।