
काठमाडौं , शुक्रबार देशभर १ हजार ४५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १ हजार ४५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ५१ हजार ९१९ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार १ हजार ४५४ जना संक्रमित थपिएका हुन् । यसैगरी ३६ हजार ६७२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा ९७२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ३२२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको उहाँको भनाइ छ ।
