सुन तोलामा ३ सयले घट्यो

२६ भाद्र २०७७, शुक्रबार १३:१२

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार र बिहीबार बढेको सुन शुक्रबार ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९६ हजार कायम गरिएको छ । हिजो तोलाको ९६ हजार ३ सय रुपैयाँ थियो ।

यसैगरी चाँदीको भाउ पनि घटेको छ । हिजोको तुलनामा आज तोलामा १५ रुपैयाँले चाँदीको मूल्य घटेको हो । महासंघले आजका लागि चाँदीको मूल्य तोलाको १ हजार ३१० रुपैयाँ कायम गरेको छ ।