यातायात व्यवसायीले दिए विभागमा धर्ना

२३ भाद्र २०७७, मंगलवार १४:११

काठमाडौं , सार्वजनिक यातायात सेवा तत्काल खोल्न यातायात व्यवसायीले सरकारसँग माग गरेका छन् । मंगलबार यातायात व्यवस्थापन विभाग अगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन् । लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दुरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवा समेत खोल्न व्यवसायीले माग गरेका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले विभागका महानिर्देशक गोगनकुमार हमाललाई ८ वुँदे मागपत्र समेत बुझाएका छन् ।