देशभर आज ९७९ जना संक्रमित थपिए

२२ भाद्र २०७७, सोमबार १६:४१

काठमाडौं , सोमबार ९७९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ९७९ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ४७ हजार २३६ जना पुगेको छ ।

पछिल्लो पटक सोमबार ९७९ जना संक्रमित थपिएका हुन् । यसैगरी ३० हजार ६७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ३०० जनाको मृत्यु भएको छ ।