सैलुन सञ्चालक मृत अवस्थामा भेटिए

२२ भाद्र २०७७, सोमबार १६:३३

काठमाडौँ , बुद्धनगरमा एक सैलुन सञ्चालक मृत अवस्थामा भेटिएका छन् । बाराको निजगढ स्थायी घर भएका अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन् । ठाकुरले एकदशकदेखि बुद्धनगरमा न्यु मनोकामना सैलुन सञ्चालन गर्दै आएका थिए ।

स्थानीयले सैलुनको आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि प्रहरीमा खबर गरेका थिए । काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंहका अनुसार हालसम्म कुनै शंकास्पद अवस्था नदेखिएको बताउनु भयो । एसपी सोमेन्द्र सिंहले घटनाको अनुसन्धान भइरहेकोले पोष्टमार्टमपछि मात्र विस्तृत कारण खुल्ने बताउनु भयो ।