गण्डकी प्रदेशमा थपिए ४० जना संक्रमित

१९ भाद्र २०७७, शुक्रबार ०९:५२

कास्की , गण्डकी प्रदेशमा शुक्रवार ४० जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म प्रदेशमा संक्रमित हुनेहरुको संख्या दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनु भयो ।

पोखरामा मात्रै १६ कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । ती मध्येसात जना नेपाल प्रहरीमा कार्यरत छन् ।

त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक , एक तथा नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।