‘भर्चुअल’ सोह्र श्राद्ध गर्न सरकारको आग्रह

१७ भाद्र २०७७, बुधबार १९:२०

काठमाडौं , सरकारले सोह्र श्राद्ध भर्चुअल माध्यमबाट गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा सोह्रश्राद्ध भर्चुअल विधिबाट गर्न आग्रह गर्नु भएको हो ।

यदि भर्चुअल विधि सम्भव भएन भने कम्तीमा २ मिटर दूरीमा रहेर र मास्क लगाएर श्राद्ध गर्न डा गौतमले सुझाव दिनु भयो ।