४ वटा शिशुलाई जन्म दिएकी आमाको मृत्यु

१७ भाद्र २०७७, बुधबार १८:३०

जनकपुर , जनकपुरमा ४ वटा शिशुलाई जन्म दिएकी आमाको मृत्यु भएको छ। मंगलवार राति धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले ४ वटा शिशुलाई जन्म दिएकी थिइन् ।

४ वटा शिशुलाई जन्म दिएपछि उनको स्वास्थ्य अवस्था गम्भिर रहेको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको आज नै मृत्यु भएको जनाइएको छ ।

उनले जनकपुरधामस्थित काव्या अस्पतालमा ३ छोरी र १ छोरालाई एकैपटक जन्मदिएकी थिइन्। शिशुहरुमा छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।