आज थप ११२० जना संक्रमित

१७ भाद्र २०७७, बुधबार १६:५४

काठमाडौं , बुधबार ११२० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ११२० जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ४१ हजार ६४९ जना पुगेको छ । पछिल्लो पटक बुधबार ११२० जना संक्रमित थपिएका हुन् । यसैगरी २३ हजार २९० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १,११२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट २५१ जनाको मृत्यु भएको छ ।