आज सुनको मूल्य बढ्यो

१६ भाद्र २०७७, मंगलवार ११:०४

काठमाडौं , आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । सुनको मूल्य आज तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ३ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९७ हजार ७ सय रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९७ हजार ९ सयमा कारोकार भइरहेको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय ६५ मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय ९५ रूपियाँमा कारोबार भइरहेको छ ।