एम्बुलेन्स त्रिशुली नदीको किनारमा खस्दा पाँच जना घाइते

१६ भाद्र २०७७, मंगलवार १०:५५


चितवन, चितवनमा बिरामी बोकेको एम्बुलेन्स त्रिशुली नदीको किनारमा खस्दा पाँच जना घाइते भएका छन् ।

मंगलबार विहान काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जान लागेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३, पानीधारामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि घाइते पाँच जनालाई उपचारको लागि भरतपुर ल्याइएको छ ।

घाइते हुनेमा एम्बुलेन्स चालक गौरीगन्ज गाउँपालिका १ वस्ने वर्ष २८ का सरोज दाहाल, क्यान्सर बिरामी बरहथवा नगरपालिका २ सर्लाही बस्ने ५० वर्षकी दिलमाया राना मगर , त्यसै ठाउँका ३४ वर्षका नरबहादुर मगर र २६ वर्षकी मेककुमारी राना मगर रहेका छन् ।