सुनको मूल्य निरन्तर रुपमा ओरालो लाग्दै

८ आश्विन २०७७, बिहीबार १२:२१

काठमाडौं , नेपाली बजारमा पछिल्लो केहि दिनयता सुनको मूल्य निरन्तर रुपमा ओरालो लाग्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार पनि सुनको मूल्य तोलामा रू१ हजार २०० घटेको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू ९३ हजार १०० मा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोलाको रू ९२ हजार ६०० कायम भई कारोबार भइरहेको छ ।बुधवार भने छापावाल सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला रू ९३ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला रू १ ह्जार १२० मा कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य भने प्रतितोला रू १ हजार १९० मा कारोबार भएको थियो ।गत आइतवार सुनको मूल्य केहि स्थितर रहेता पनि सोमवारदेखि सुनको मूल्य निरन्तर घटिरहेको छ ।