लोक दोहोरी गीत ‘सानु’ मा आकाश र एलिजा (भिडियोसहित)

५ आश्विन २०७७, सोमबार १९:५०

काठमाडौं , नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत ‘सानु’ मार्फत स्कृनमा देखिएका छन् । डिएआर मुभिजले बजारमा लेराएको लोक दोहोरी गीत ‘सानु’ मा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द संचारकर्मि कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ भने स्टुडियो मालाश्रीमा रेकर्ड गरिएको हो ।

प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम, नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र २ बर्षिय बाल कलाकार समाइरा थापाको अभिनय रहेको छ ।
नायक आकाश र नायिका एलिजाले संगै काम गरेको यो पहिलो गीत हो । भने आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोक दोहोरी हो । गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतम, कला मनिक पाख्रिन, प्रोडक्सन म्यानेजर विवेक चौलागाई, प्रोडक्सन कन्ट्रोलर श्याम धिताल, ड्रोन सुरेश घिसिङ र मेकअप स्वस्तिका श्रेष्ठको रहेको छ ।