प्रदेश १ मा आजबाट मौसम सुधार हुँदै जाने

११ आश्विन २०७७, आईतवार १०:३६

काठमाडौं , प्रदेश नं १ मा आजबाट मौसम सुधार हुँदै जाने भएको छ ।

केहिदिनबाट निरन्तर परिरहेको झरि आजबाट सकिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शनिवार पनि केहि स्थानमा वर्षा भएको थियो । विभागका अनुसार आजपनि वर्षा हुनेभएपनि आजबाट पुनः मौसम सुधार हुँदै जानेछ । न्यून चापीय प्रणालीका कारण भइरहेको निरन्तरको वर्षा भने आजबाट प्रदेश नं। १ मा पनि अन्त्य हुने भएको हो ।

त्यस्तै झरि अन्त्य भएपनि सक्रिय मनसुन भने करिब एकसातासम्म रहने विभागको अनुमान रहेको छ ।