८ प्रहरीसहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि

३१ भाद्र २०७७, बुधबार ११:३१

पोखरा , ८ जना प्रहरी कर्मचारीसहित गण्डकी प्रदेशका थप ५० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा २९, गोरखामा १३, बाग्लुङमा ३ र तनहुमा ५ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कास्कीमा थपिएकामध्ये २८ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना रुपा गाउँपालिकाका हुन् । पोखरामा थपिएकामध्ये ८ जना नेपाल प्रहरीमा कार्यरत छन् ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार १६६ पुगेको छ । गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ८९५ जना कोरोना निको भएर घर फर्केका छन् ।

यस प्रदेशमा ३१ जनाको कोरोना संक्रमणकै कारण ज्यान गुमेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनु भयो ।