प्रदेश ५ मा थप १ सय ४५ जनामा कोरोना पुष्टि

२४ भाद्र २०७७, बुधबार १८:१५

बुटवल , प्रदेश ५ मा बुधबार १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८० संक्रमित निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले बताउनु भयो । प्रदेशमा हालसम्म ५ हजार ५ सय ८० जना कोरोनामुक्त भएका छन् ।

बुधबार थपिने संक्रमितमा बाँकेका ५२ र रुपन्देहीका ४१ जना छन् । यस्तै पश्चिम नवलपरासी ३२, कपिलवस्तु ११ , बर्दिया ६ पाल्पा २ र दाङका एकजना छन् ।

हाल प्रदेशभर एक हजार ७ सय १ जना कोरोना संक्रमित उपचारको क्रममा छन् । जसमा करिब १५ प्रतिशत लक्षण सहितका विरामी भएको डा पौडेलले बताउनु भयो ।