शैक्षिक संस्था र लामो दूरीका यातायात भदौभर नखुल्ने

१५ भाद्र २०७७, सोमबार ०९:०९

काठमाडौं , शैक्षिक संस्था र लामो दूरीका यातायात भदौभरी नखुल्ने भएका छन् । आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । देशमा कोरोना भाइरस तीव्र गतिमा फैलिन थालेपछि मानिसको ओहोरदोहोर रोक्न र भिड जम्मा हुन नदिन लामो दूरीका यातायात र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द नै राख्‍ने निर्णय भएको बताइएको छ ।