घुस लिने इन्जिनियर अख्तियारको फन्दामा

१५ भाद्र २०७७, सोमबार ०८:५१

काठमाडौं , पूर्वाधार विकास कार्यालय बाँकेमा कार्यरत कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर मनिष कुमार अर्याललाई घुस लिएको रकमसँगै अख्तियारले आइतबार साँझ पक्राउ गरेको छ । ५ लाख ३० हजार रुपैयाँ सहित उनलाई बुटवलबाट नियन्त्रणमा लिई कारवाही अघि बडाएको अख्तियारले जनाएको छ।

प्रमुख अर्यालले विभिन्न सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनी सवार ३३–१–०९६१ नम्बरको गाडी सहित भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं ५, बुटवलको कार्यालय परिसरबाट नियन्त्रण लिइ अनुसन्धान थालेको आयोगका प्रवक्ता तारानाथ अधिकारी जानकारी दिनु भयो ।